फिफा विश्वकप छनोटमा नेपाल बहराइनसँग ५–० काे फराकिलाे अन्तरले पराजित

Click Image

काठमाण्डाै – फिफा विश्वकप छनोटअन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा बहराइन ५–० गाेलले विजयी भएको हो ।

बहराइनले पहिलाे हाफमा ३ गाेल गर्दा दाेस्राे हाफमा थप २ गाेल गर्‍याे । बहराइनका लागि महदी अल हुमाइदान, सायद बाकेर, अली मदान, इब्राहिम अल खताल र इस्माइल अब्दुललातिफले १/१ गोल गरे ।

योसँगै समूह ‘एच’ मा ३ खेल खेलेको नेपाल अङ्कविहीन छ । बहराइन ३ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ । समूहमा नेपाल र बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । यूएई ३ खेलमा ३ जितसहित शीर्ष स्थानमा छ । तीन खेलमा १ जितसहित यमन तेस्रो छ । नेपालले अब बहराइनसँग दाेस्राे लेगमा आउँदाे मङ्गलवार चैत १३ गते खेल्नेछ ।

Previous articleभरतपुरमा इण्डो नेपाल टी–२० च्याम्पियनसीप सुरु, उद्घाटन खेलमा भरतपुर मेयर्स ११ विजयी
Next articleचितवनमा आजदेखि आदिवासी जनजाति साँस्कृतिक महोत्सव सुरु हुदैँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।