जर्मनीमा राति दुई स्थानमा गाेलीकाण्ड, ८ जनाको मृत्यु

जर्मनीमा बुधबार राति अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

यद्यपि स्थानीय सञ्चारमाध्यमहरूले जर्मनीको हानाउ सहरमा भएका गोलीकाण्डमा कैयौं व्यक्तिको मृत्यु भएको जनाएका छन्।

अहिलेसम्म आठ जना मारिएको र पाँचजना घाइते भएको विवरण आएको बताइएको छ। छन्।

हानाउ सहरको मध्य भागमा रहेको एउटा शीशा बारमा पहिलो आक्रमण भएको र हानाउकै केसेल्सटाटस्थित अर्को शीशा बारमा दोस्रो गोलीकाण्ड भएको समाचारमा उल्लेख छ।

घटनापछि आक्रमणकारी फरार भएको अधिकारीहरूलाई उद्धृत गर्दै बिल्ड पत्रिकाले लेखेको छ।

स्थानीय समयअनुसार घटना बुधबार राति १० बजे भएको स्थानीय प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

अधिकारीहरूका अनुसार आक्रमणको कारण खुल्न सकेको छैन।

 

स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु

Previous articleअसरफ घानी अफगानिस्तानको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा
Next articleबौद्ध सम्मेलन हुने भएपछि पर्यटनमा नयाँ आश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।