बाजुरामा ४.३ रेक्टरको भूकम्प

बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ।

जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पले क्षति गरेनगरेको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए।

भूकम्पले क्षति पु¥याएको छ, छैन खबर गर्न मातहतलाई निर्देशन दिएको उनले बताए। भूकम्पछि केहीबेर भागदौड भएको थियो।

सुजिता भण्डारी प्रकरण: ह’त्या कि आ’त्मह’त्या? वि’षको बट्टाले उब्जाएको सं’सय

Previous articleआर्थिक वृद्धिदर ५ प्रतिशतमा सीमित हुने
Next articleगोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा ७० करोड घुस मागेको खुलासा (अडियो सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।