गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा ७० करोड घुस मागेको खुलासा (अडियो सहित)

0
33

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्जजनिक भएको छ।

हाम्राकुरा डटकमले संचार मन्त्री बास्कोटा र स्विस सेक्युरिटी प्रिन्टीङ कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रबीचको टेलिफोन संवाद लिक गरेको छ । उक्त लिक अडियोको टेलिफोन संवादमा संचार मन्त्री बास्कोटाले खुलेआम कमिसन मागेका छन्।

यस्तो छ अडियो संवाद

मन्त्री गोकुल बास्कोटाः हँ

विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ।

मन्त्री गोकुल बास्कोटाः ठीक छ।

विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो।

मन्त्री गोकुल बास्कोटाः मिलाइदिन्छु।

विजय प्रकाश मिश्र शर्माःस् त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्याक जानेकी, तपाइले भने अनुसार नै गर्ने लु भन्नुस।

मन्त्री गोकुल बास्कोटाः अब। क्यापासिटीको कुरा।

विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई।

मन्त्री गोकुल बास्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्ने ?

विजय प्रकाश मिश्र शर्माः त्यसमा नर्मलमा

मन्त्री गोकुल बास्कोटाः उनीहरुले कति निकाल्छन?

विजय प्रकाश मिश्र शर्माः यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।

मन्त्री गोकुल बास्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं।

विजय प्रकाश मिश्र शर्माःकेहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।

मन्त्री गोकुल बास्कोटाः सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छ?

विजय प्रकाश मिश्र शर्माः ७० जति आउलाकी,आउट अफ ट्याक नजादा ७० जति आउलाकी।

मन्त्री गोकुल बास्कोटाः तपाइलाई के गर्छनरु छुट्टै गर्छन?

विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत । तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।

मन्त्री गोकुल बास्कोटाः त्यो भनेको कति हुन्छरु

विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुपर्‍योनी। आउट अफ ट्याक गइयो भने।

मन्त्री गोकुल बास्कोटाः अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी?

विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाई गर्नुस।

मन्त्री गोकुल बास्कोटाः एउटा के नगर्नुस भने यी मु… कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो।

विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।

मन्त्री गोकुल बास्कोटाः त्यो मु…ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस।

अब एजेन्टलाई कमिसन तिर्न पर्दैन; हिमालय एअरलाइन्सको टिकट अनलाईन मै काट्न सकिने

Previous articleजापानी अस्पतालबाट मास्क चोरी
Next articleबास्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग