नेकपा अध्यक्षद्वयको छलफलपछि सचिवालयको बैठक बोलाइने

काठमाडौं । सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिशन बार्गेनिङ अडियो सार्वजनिक भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल गम्भीर छलफलमा जुटेका छन् ।

अध्यक्षद्वयको छलफलपछि सचिवालयको बैठक बोलाउने सम्भावना रहेको नेताहरुले बताएका छन् । नेकपामा मन्त्री बाँस्कोटालाई राजीनामा गराउनुपर्ने दबाव बढेको छ ।

प्रधानमन्त्री रहेका ओलीसँग छलफल गर्न अर्का अध्यक्ष दाहाल बालुवाटार पुगेका थिए । सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियामा स्वीस एजेन्ट विजयप्रकाश मिश्रसँग मन्त्री बाँस्कोटाले बार्गेनिङ गरेको अडियो विभिन्न सञ्चार माध्यममार्फत् सार्वजनिक भएको छ ।

The post नेकपा अध्यक्षद्वयको छलफलपछि सचिवालयको बैठक बोलाइने appeared first on Rajdhani Daily News.

निकुञ्जका जनावर र स्थानीयको व्यवस्थापनबारे संसदीय समितिमा छलफल

Previous article‘भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने, अनि आफै ७० करोडको डिलिङ गर्ने ? सांसदबाटै निलम्बन गर्नुपर्छ’
Next articleबझाङमा जीप दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ९ जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।