रत्ननगरमा जेसीज सप्ताह सुरु : मैत्रीपूर्ण फुटबलमा पत्रकार विजयी

Click Image

रत्ननगर । रत्ननगर जेसीजले आयोजना गरेको जेसीज सप्ताह २०८० बुधबार उद्घाटन गरिएको छ ।

जेसीज सप्ताहको उद्घाटन तथा रत्ननगर जेसीज र पूर्वी चितवन पत्रकार मञ्च बीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको थियो ।

जेसीज सप्ताहको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । जेसीज सप्ताह उद्घाटन लगतै नेपाल माविको खेलमैदानमा आयोजित मैत्रीपूर्ण फुटबलमा पूर्वी चितवन पत्रकार मञ्च विजयी भएको छ ।

पूर्वी चितवन पत्रकार मञ्चले रत्ननगर जेसीजलाई ३–४ गोल अन्तरलेपछि पार्दै विजयी हासिल गरेको हो । मञ्चको तर्फबाट राजनदिल गुरुङले दुईगोल, केदार शर्मा र विलबहादुर अधिकारी एक एक गोल गरेका थिए ।

रत्ननगर जेसीजको तर्फबाट जेसीजबाट सुरेशजंग पाण्डे दुईगोल र रामप्रसाद शर्मा एक गोल गरेको भएपनि त्यो जीतका लागि प्रयाप्त हुन सकेन । कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले रत्ननगर जेसीजले गरेको सामाजिक कामको प्रशंसा गर्दै सप्ताहमा जेसीजले आयोजना गरेको आर्थिक विकासको सम्भावना सम्बन्धी कार्यक्रम फलदायी हुनेमा विश्वास व्यक्त गरे ।

खेलकुदको माध्यमबाट पर्यटन विकासको योजना अघि सारिएको भन्दै मेयर सापकोटाले त्यसका लागि पूर्वाधार निर्माणलाई जोड दिएको बताए । सेन्ट्रल कलेजका सञ्चालक यज्ञविलास पौडेलले सेन्ट्रल कलेज सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजमा सकरात्मक प्रभाव पर्ने कामहरु गर्दै आएको बताए ।

रत्ननगर जेसीजका अध्यक्ष नरहरि पुरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे, रत्ननगर जेसीजका पूर्व अध्यक्ष सुन्दरलाल श्रेष्ठ, नेपाल माविका प्रध्यानाध्यापक रामहरि भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

खेल संयोजक सुरेशजंग पाण्डेले सञ्चालन गरेको कार्यक्रम सप्ताहका संयोजक रामप्रसाद पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।

जेसीज सप्ताह अन्तर्गत वैशाख २० गते नेतृत्व विकास तालिम, २१ गते मानसिक स्वास्थ्य शिविर, २२ गते रत्नविज समिट, २३ गते वृक्षरोपण, २४ गते लागूऔषध दुव्यर्सनसम्बन्धी सचेतना, २५ गते अन्तरमावि वक्तृत्वकला र सोही दिन जेसीज सप्ताह समापन तथा रजत जयन्ती समारोह हुने छ ।

जेसीज सप्ताह जिल्लाको आर्थिक विकासको खोजी गर्दै सामाजिक काम गरेर मनाउन थालिएको भन्दै अध्यक्ष पुरीले समाजले युवाहरुको भूमिका खोजिरहेको बेला युवाहरुलाई समाजमा जोड्ने गरी कार्यक्रम तय गरिएको बताए ।

Previous articleइलाममा रास्वपा उम्मेदवार मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत
Next articleमजदुरलाई सम्मान गर्दै साना निर्माण व्यवसायी संघ चितवनले मनायो श्रमिक दिवस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।