रचना रिमालको आक्रोश: सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन्।

रिमालले सामाजिक सञ्जालमा लेख्दै सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ भन्दै आक्रोश पोखेकी छिन्।

उनले लेखेकी छिन्, ‘दोषी भए कानुन अनुसार सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ।’

आइतबार सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा परेको थियो।

यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए। सामान्यतया यसअघि आदेश दिइसकेको न्यायाधीशले स्वार्थ बाझिने भन्दै मुद्दाको सुनुवाइ नगर्ने अभ्यास छ।

रिमाल नेपाली क्रिकेट प्रतियोगिताहरूमा सधैं सहभागी भइरहेकी हुन्छिन्। टीयु र मुलपानीमा हुने प्रतियोगिताहरूमा प्रायः उनी दर्शकका रूपमा सहभागी हुने गर्छिन्।

Previous articleरत्ननगरमा साईलेज़ बनाउने मेसिनमा च्यापिएर घाईते भएका अधिकारी रहेनन्
Next articleजसपा विभाजनसँगै त्रसित नेपाल र लामिछाने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।