स्विस दूतावासले भन्योः चर्चामा आएजस्तो सञ्चारमन्त्रीसँग भेटघाट तय भएको छैन

सेक्युरिटी प्रेस खरिद प्रकरण एकाएक बाहिरिएपछि स्विटजरल्यान्डको दूतावासले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको छ।

दूतावासले चर्चामा आएजस्तो सञ्चारमन्त्रीसँग कुनै भेटघाटका लागि अनुरोध पनि नगरिएको निकट भविष्यमा मन्त्रीसँग कुनै बैठक तय पनि नभएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीको नेपालस्थित स्थानीय एजेन्ट भनिएका व्यक्तिसँग पनि कुनै पनि प्रकारबाट संलग्न पनि नभएको र त्यसबारे जानकारी पनि छैन।’

उक्त प्रेस खरिदबारे स्विस कम्पनीको स्थानीय एजेन्ट विजय प्रकाश मिश्र र सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाबीचको कमिसन वार्ता सार्वजनिक भएपनि दूतावासले विज्ञप्ति निकालेको हो। सोही प्रकरणबारे कुरा गर्न स्विस दूतावासको प्रतिनिधिले मन्त्रालय आएर मन्त्रीसँग भेट्नलागेको कुरा समेत आएपछि दूतावासले विज्ञप्तिबाट अस्वीकार गरेको हो।

राष्ट्रसंघ पूर्वमहासचिव क्वेलरको निधन

Previous articleसञ्चारमन्त्रीको अडियो प्रकरण : काँग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
Next articleपोखरा राइनोजमा थपिए स्कटिस खेलाडी मुन्से
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।