बाथरुममा लडेर चितवनमा एकजनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–११ मा बाथरुममा लडेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतेको फलेवास घरभई छोरी विमला लम्सालको घरमा बस्दै आएका ८६ वर्षीय शसीधर पाध्य रहेका छन् ।

मंगलवार बिहान करिब साढे ७ बजे बाथरुममा नुहाउने क्रममा लडेर घाइते भएका पाध्यको उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो ।

सोहि दिन बिहान ८ बजे चिकित्सकले पाध्यलाई मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

Previous articleकान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
Next articleगर्मी बढेपछि चितवनका ६० जना कैदीबन्दीलाई अन्यत्र जिल्लाको जेलमा सारियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।