पूर्वीचितवनका विभिन्न स्थानमा भोली शनिवार विद्युत अवरुद्ध हुने

0
2303

उज्यालो नेपाल- पुर्वीचितवनको विभिन्न क्षेत्रमा भोलि साउन १२ गते शनिबार विद्युत अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण रत्ननगर वितरण शाखाका अनुसार रत्ननगर वितरण केन्द्र अन्तर्गत पर्ने पर्सा सवस्टेसनमा २४ एम.भि.ए. (३३/११ के. भी) नयाँ ट्रान्सफर्मर बे मा डिस्कनेक्टीङ्ग स्वीच जडान गर्ने कार्य, ३३ के.भी. इन्कमर बे. परिवर्तन गर्ने कार्य, पावर केवल बदली गर्ने कार्य तथा नयां २४ के.भी. ए. ट्रान्सफर्मर चार्ज गर्ने कार्य हुने भएकोले पर्सा सवस्टेश अन्तर्गत टाँडी र सौराहा फिडरवाट प्रसारण हुने रत्ननगर नगरपालिका अन्तर्गतका वडा नं १, २, ३, ४, ८, ९, १०, ११, १२, १३, १४ र कालिका नगरपालिका अन्तर्गत पदमपुर, लंकालाईन लगायत आसपासका क्षेत्रहरुमा विहान ६ बजे देखि १२ बजे सम्म बिद्युत सेवा अबरुद्ध हुनेछ।

यस्तै सोही वितरण केन्द्र अन्तर्गत चैनपुर – १ र चैनपुर-२ फिडरवाट प्रसारण हुने चैनपुर, शिवालय चोक, दोबाटो, पिठुवा, पदमपुर, ध्रुबचोक हुँदै सिमलढाप, हात्तीगाडे हुंदै शक्तीखोर लगायत आसपासका क्षेत्रहरुमा विहान ६ बजे देखि वेलुका ५ बजे सम्म बिद्युत सेवा अबरुद्ध रहने भएको हो।

मर्मत कार्य तोकिएको समय भन्दा अगावै सम्पन्न भए विद्युत पनि तोकिएको समयभन्दा पहिले नै लाईन सुचारु हुन सक्ने वितरण शाखाले जनाएको छ।

Previous articleचितवनमा दुई ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
Next articleकालिका नगरपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना नगर घोषणा