अमेरिकी दूतावासले सन्दीपलाई फेरी दिएन भिसा, समर्थकहरु निराश

0
255

काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ ।

टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो ।

अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।

Previous articleरत्ननगरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जना घाईते
Next articleहुरीले उडाएको जस्ता लागेर एकको मृत्यु, घरको छानाले च्यापिँदा ९ घाइते