रैथाने माैरी जाेगाउन विकट बस्तीमा आधुनिक घार

0
74

रत्ननगर । चितवनकाे इच्छाकामना गाउँपालिकामा रैथाने माैरी संरक्षणका लागि स्थानीय किसानलाई माैरीकाे आधुनिक घार वितरण गरिएकाे छ ।

काठकाे मादले घारमा माैरीपालन गरिरहेका किसानहरुलाई आधुनिक घार वितरण गरिएकाे हाे । गाउँपालिका र सपना भिलेज साेसल इम्प्याक्टले सयुक्त रुपमा ४० घरधुरीलाई ८० वटा घार वितरण गरिएकाे हाे ।

साे गाउँपालिकाकाे वडा नं २ काे घुर्केसका २० घरधुरी र साेही वडाकै काउलेका २० घरधुरलाई पालिकाकाे ५० प्रतिशत र सपनाकाे ५० प्रतिशत लगानीमा घार वितरण गरिएकाे सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

आर्थिक अभावका कारण घार किन्न नसकेका यहाँका किसानहरुले घरकाे भत्ता, रुखकाे धाेद्राे, काठकाे मादले घरमा माैरी पालन गरि मह उत्पादन गर्दै आएका छन् ।

आधुनिक माैरीपालन मार्फत महकाे उत्पादन बढाउने उद्देश्य रहेकाे छ । घारसंगै माैरीपालनकाे लागि आवश्यक पर्ने औजार समेत प्रदान गरिएकाे छ ।

सुपर घार सहित टाेपी, पन्जा, धुवादानी, आधारचाका प्रदान गरिएकाे गिरीले जानकारी दिए । साेही वडाकाे मायाटार पर्यटकीय स्थलकाे रुपमा विकास भएकाे छ ।

यहाँ दैनिक १५० स्वादेश पर्यटकहरु आउने गरेका छन् । यहाँ आउने पर्यटकहरुले प्राकृतिक सम्पदाकाे अबलाेकन र परम्परागत खानामा रमाउने गरेका छन् ।

मायाटारकाे निकटमा रहेका बस्तीहरु पर्यापर्यटनकाे विकासकाे लागि रैथाने माैरी संरक्षणकाे काम सुरु गरिएकाे हाे । माैरीसंंगै माैरीकाे स्राेत संरक्षण गरेर रैथाने माैरी जाेगाउनु पर्ने देखियाे सपनाका अध्यक्ष गिरीले भने व्यवसायिक माैरी पालनका लागि हाेइन रैथाने माैरी जाेगाउन घार दिएका हाै ।

मायाटार र यस आसपासका क्षेत्रमा चरीचरणकाे लागि चिउरी, लालिगुरास, टाकी, पड्के, रुदिलाे, किम्बु, चिलाउने जस्ता वनस्पती माैरीपालनकाे स्राेत हाे ।

विकट बस्तीमा उत्पादन भएकाे चिउरीकाे महकाे राम्राे बजार रहेकाे छ । घार वितरण पूर्व सपना भिलेजले माैरीपालन गरिरहेका किसानहरुलाई दुइदिने तालिम समेत दिएकाे सपना भिलेज साेसल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।

शुक्रबार तीन छुट्टाछुट्टै कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ र सपनाका अध्यक्ष गिरीले घार हस्तान्तरण गरेका थिए ।

साे अबसरमा गाउँपालिकाका अध्यक्ष गुरुङले रैथाने माैरीकाे संरक्षण, स्थानीय समुदायकाे जीविकाेपार्जन, पर्यापर्यटनकाे विकासकाे लागि माैरीकाे घार प्रदान गरिएकाे बताए ।

यस अघि सपना भिलेजले कालिकाकाे सिद्धिमा २० घरधुरीलाई ४०० घार माैरी वितरण गरेकाे थियाे । ४० लाख लगानी गरि पाँच बर्ष अघि नगरपालिकासंगकाे सहकार्यमा चेपाङलाई घार वितरण गरिएकाे थियाे ।

Previous articleपूर्वीचितवनमा १ सय ५० किलो लागुऔषध गाँजासहित बोलेरो प्रहरी नियन्त्रणमा
Next articleविभाजनको संघारमा लघुवित पिडित; रमेश तामाङको नेतृत्वमा राष्ट्रिय भेला हुँदै