बुद्ध एयरको एकाधिकार तोड्दै भरतपुरबाट उडान सुरु गर्ने श्री एयरलाइन्सको तयारी

काठमाडौं- श्री एयरलाइन्सले काठमाडौं–भरतपुर उडान भर्ने तयारी थालेको छ । कम्पनीले क्यु ४०० सिरिजको जेट इन्जिन जहाजमार्फत भरतपुरमा उडानको तयारी गरेको हो ।

भरतपुरमा परीक्षण उडानका लागि श्री एयरलाइन्सले नेपाल नागरिक उड्ययन प्राधिकरणसँग अनुमति मागेको छ । श्री एयरलाइन्सले उडान अनुमति पाएमा बुद्ध एयरको एकाधिकार तोडिने छ ।

यसैपनि बुद्ध एयरको एटीआर–४२ सिरिज फेज आउट हुने चरणमा रहेको प्राधिकरणका कर्मचारी बताउँछन् । श्री एयरलाइन्सले टर्बोप्रोपको उडानको लागि अनुमति मागेको हो ।

श्री एयरलाइन्सले नियमित रुपमा भरतपुरमा उडान भरेमा हवाईभाडा घट्ने विश्वास लिइएको छ । बुद्ध एयरले अहिले काठमाडौँ–भरतपुरको हवाई भाडा एकतर्फी चार हजार ७३९ रुपैयाँ लिने गरेको छ ।

श्री एयरलाइन्सले उडान अनुमति मागेको जहाजको क्षमता ८० सिटको हो । छोटो रनवेमा पनि अवतरण गर्न मिल्ने जहाज यस कम्पनीसँग रहेको छ ।

जहाज उत्पादन कम्पनी बम्बार्डियर एरोस्पेसले क्षेत्रीय र सर्ट हल रुट अपरेशनलक्षित क्यु ४०० सिरिजका जहाज उत्पादन गरेको हो ।

Previous articleपिठुवामा खानेपानी तथा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम
Next articleरत्ननगरका तीनवटा वडामा पिठुवा खानेपानीको सचेतना कार्यक्रम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।