खोलेसिमलमा सुनचाँदी पसलमा भएको लुटपाटको घटना पसल संचालककै योजनामा भएको प्रहरी दाबी

0
370

उज्यालो नेपाल- चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा भएको भनिएको लुटपाटको घटना पसल संचालककै योजनामा गराईएको प्रहरीले जानकारी दिएको छ ।

१ असारमा राति साढे ८ बजे चितवनको कालिका नगरपालिका- ६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट भएको थियो ।

लुटपाट गरेको आरोपमा पसल सञ्चालकसहित ५ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा पसल सञ्चालक विनोद सुनार, विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवन पासवान र अञ्जना पुडासैनी केसी छन्  ।

पक्राउ पर्ने विनोद उक्त सुनचाँदी पसलका सञ्चालक हुन् । उनले बीमाको २ करोड   २० लाख रकम ठगी गर्ने मनसायले आफ्नो पसल आफैंले चोरी गर्न लगाएको देखिएको जिल्ला प्रहरी प्रमुख एसपी भावेश रिमालले जानकारी दिए ।

प्रहरीले उनलाई घटनाको मुख्य योजनाकार भनेको छ । विजय उक्त सुनचाँदी पसलका म्यानेजर हुन् भने पसलमा १ असारमा पूर्णबहादुर र पवन पासवानले चोरी गरेका प्रहरीको भनाइ छ । अन्जना भने विनोदका साथी हुन् र उनले चोरी गरेका गहना लुकाउन सहयोग गरेको पाइएको एसपी रिमालले  जानकारी दिए ।

त्यस दिन मोटरसाइकल चढेर पसलमा आएका दुई जनाले खुकुरी र चक्कु देखाएर पसलभित्र राखिएको २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुनचाँदी, हिराको विभिन्न डिजाइनका गहना चोरी गरेको थियो ।

यो समाचार अपडेट हुँदै छ, थप जानकारीको लागी हामीलाई फलो गर्नुहोला ! 

Previous articleनयाँ सरकार बनाउन एमाले र कांग्रेसबीच मध्यरातमा सहमति, पहिलाे चरणमा ‌ओली प्रधानमन्त्री बन्ने
Next articleरत्ननगरको चाउचाउ फ्याक्ट्रीको दोश्रो तलाबाट लडेर एकजनाको मृत्यु