रत्ननगरको चाउचाउ फ्याक्ट्रीको दोश्रो तलाबाट लडेर एकजनाको मृत्यु

0
552

उज्यालो नेपाल- रत्ननगर नगरपालिका वडा नं. १४ पिठुवामा रहेको स्मार्ट फुट एण्ड स्न्याक्स प्रा.ली. (चाउचाउ फ्याक्ट्री) मा भवनको दोश्रो तलाबाट लडेर एकजनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सोहि स्थान बस्ने वर्ष ५५ का बल बहादुर गुरुङ छन् । घटना हिजो असार १८ गते मंगलबार बिहान ११:५० को समयमा भएको हो ।

फ्याक्ट्रीको कार्यालयमा बिजुलीको काम गर्ने क्रममा एक्कासी दूईतला माथीबाट भुईमा खसेका गुरुङको शरिरको विभिन्न भागमा चोट लागी गम्भिर घाईते भई उपचारको लागि स्थानिय बकुलहर अस्पताल टांडी लगिएको थियो ।

उनको उपचारको क्रममा झन्डै १२:१५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Previous articleखोलेसिमलमा सुनचाँदी पसलमा भएको लुटपाटको घटना पसल संचालककै योजनामा भएको प्रहरी दाबी
Next articleवर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान