शिवरात्रिको डोरीले गयो बालकको ज्यान

दोलखा । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीका ९ वर्षीय पुजन थामीको यात्रुबाहक बसको ठक्करले किच्दा मृत्यु भएको हो ।

सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्व अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले शुक्रबार साँढे ११ बजे बालकलाई बसको पछाडि पट्टिको चक्काले किचेको हो । शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालवबलिकाको समूहलाई बसले डोरीसहित लतार्दा पछाडि पट्टिको चक्काले किचेर मृत्यु भएको स्थानियवासीले बताए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

The post शिवरात्रिको डोरीले गयो बालकको ज्यान appeared first on Rajdhani Daily News.

अधिकार खोसिएको भन्दै उप-प्रमुखद्वारा नगरपालिकाविरुद्ध उच्च अदालतमा मुद्धा

Previous articleइरानी संसदीय निर्वाचनमा पुरातन राजनीतिक प्रणालीकै पक्षमा जनताको समर्थन
Next article८४ वर्षीयालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।