८४ वर्षीयालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ

उदयपुर । प्रहरीले उदयपुरको कटारी नगरपालिका–३ की ८४ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ गरेका छन् ।

बिहीबार दिउँसो बृद्धालाई बलात्कार गरेको आरोपमा सोही वडाका चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए ।

घटनाका विषयमा अनुसन्धान भइ रहेकाले पक्राउ परेकाहरुको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने डिएसपी केसीले बताए । बृद्धाको कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

The post ८४ वर्षीयालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ appeared first on Rajdhani Daily News.

अब मोबाइल एप्लिकेशनबाट नाप नक्सासम्बन्धी काम

Previous articleशिवरात्रिको डोरीले गयो बालकको ज्यान
Next articleसवारी दुर्घटनामा पाँचजनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।