बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने

0
118

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका हुन् ।

संघीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सहभागी पाँच मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।

गत २०७९ पुसमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा माओवादी केन्द्रका नेता जम्कट्टेल मुख्यमन्त्री बनेका थिए ।

केन्द्रमा नयाँ समीकरण बनेसँगै प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दै आएको छ ।

Previous articleप्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिदैँ
Next articleप्रतिनिधि सभा बैठक (LIVE), प्रधानमन्त्रीले विश्वासको मत लिंदै