उद्योगमा काटिएको बिजुली जोड्नेबारे प्राधिकरणको बैठक निष्कर्षविहीन

0
152

काठमाण्डौ – उद्योगमा काटिएको बिजुली जोड्नेबारे हिजो बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको वैठक निष्कर्षविहीन भएको छ । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद तथा उद्योगमा काटिएको बिजुलीबारे सञ्चालक समितिले छलफल गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार प्राधिकरणको बैठक बसे पनि सञ्चालकहरूबीच सहमति जुट्न नसकेको हो । गएको शुक्रवार प्रधानमन्त्री ओलीले तत्काल बिजुली जोड्न प्राधिकरणलाई निर्देशन दिएका थिए । तर, प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने र त्यसका लागि लिखित आउनुपर्ने अडान राखेको थियो ।

अस्ति आइतवार विद्युत् नियमन आयोगले विद्युत् उपभोक्ताहित संरक्षणसम्बन्धी निर्देशिका, ०८० को दफा १३ को उपदफा १ र १० का आधारमा बिजुली जोड्न भन्दै प्राधिकरणलाई पत्र काटेको थियो । प्राधिकरणले ०७२ माघदेखि ०७५ वैशाखसम्मको साढे ६ अर्ब बक्यौता उठाउन गएको असार २५ यता ६ वटा उद्योगको विजुली काटेको छ ।

प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ, हुलास स्टिल, जगदम्बा सिन्थेटिक, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टको बिजुली काटेको हो ।

Previous articleधुवाँले निस्सासिएर सुत्केरीको मृत्यु, बच्चासहित २ जना गम्भीर घाइते
Next articleदेवघाटको चुनौती, समुदायलाई सक्रिय बनाउँदै सहमति