कयर खोलाले बगाएर एकजनाको ज्यान गयो

Click Image

चितवन, ११ साउन । चितवनको कालिका नगरपालिका–१० तीन दोभानस्थित कयर खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

खोलाले बगाएर कालिका वडा न. १० तुईकराङका ३३ वर्षीय गम्भीर चेपाङको मृत्यु भएको हो ।

बिहीवार बेलुका ७ बजेको समयमा सिद्धिबजारबाट घर फर्कने क्रममा कयर खोलाले उनलाई बगाएको थियो ।

खोलाले बगाएको ठाउँबाट करिबब डेढ किमी तल निपुवाटारस्थित खोला किनारमा आज बिहान चेपाङको शव फेला परेको कालिकाका मेयर विनोद रेग्मीले जानकारी दिए।-

 

Previous articleपाइलट मनीष शाक्यको शल्यक्रिया सुरु, ७२ घण्टा निगरानीमा राखिने
Next articleचितवनमा दुई ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।