Home खेलकुद पूर्वीचितवनमा रास्ट्रियस्तरको व्याटमिन्टन प्रतियोगिता हुने

पूर्वीचितवनमा रास्ट्रियस्तरको व्याटमिन्टन प्रतियोगिता हुने

उज्यालो नेपाल – पूर्वीचितवन स्पोर्ट्स क्लबको आयोजनामा रत्ननगर नगरपालिकामा राष्ट्रिय व्याटमिन्टन प्रतियोगिता हुनेभएको छ।

रत्ननगरको वडा नं ३ बेल्सीमा रहेको कभर्डहलमा दोस्रो मेयर कप तथा चौथो रास्ट्रिय ब्याटमीन्टन प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता आगामी असोज  १,२ र ३ गते सञ्चालन हुनेछ। विभिन्न सात विधामा हुने प्रतियोगिताको मेन्स डबल (२० र्याङक) तर्फ प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ५१  हजार १ सय ११ र तृतीय हुनेले २५ हजार १ सय ११ नगद पुरस्कार साथै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

अन्य छ विधाका विजेताहरुले पनि नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। रत्ननगर नगरपालिका संरक्षक रहने यस प्रतियोगितामा  झण्डै ४० जिल्लाबाट अन्दाजी २००० जना खेलाडीको सहभागीता रहने आयोजक समिति सदस्य अरुण नेपालले जानकारी दिए।

अघिल्ला वर्षहरुमा पनि क्लबले रास्ट्रिय तथा जिल्लास्तरिय प्रतियोगिताहरु गरिरहेको र यसले खेलाडी उत्पादन तथा आन्तरिक पर्यटनमा टेवा पुर्याएको क्लबका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक केवल न्यौपानेले बताए।

Previous articleनारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता
Next articleचितवनमा बस र ट्रक ठोक्कियो, १० जना यात्रु घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।