चितवनमा बस र ट्रक ठोक्कियो, १० जना यात्रु घाइते

स्वास्थ्य बिमा बाट अब ५ लाख सम्मको उपचार दिने प्रस्ताव, भिडियो हेर्न यँहा क्लिक गर्नुहोला 

चितवन : पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किदा १० यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बाप्र ०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक आज बिहान ठोक्किदा बसमा सवार १० घाइते भएका हुन् ।

घाइतेमध्ये सातजनाको अवस्था मध्यम रहेको छ भने तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी राससलाई जानकारी दिए।

घाइतेमध्ये चारजनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र छजनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।

प्रहरीले दुवै सवारीसाधन, बसचालक जिल्ला सप्तरी तिरुत गाउँपालिका–२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका–२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।

Previous articleपूर्वीचितवनमा रास्ट्रियस्तरको व्याटमिन्टन प्रतियोगिता हुने
Next articleचितवनमा चितुवाको आक्रमणबाट एक घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।