चितवनमा चितुवाको आक्रमणबाट एक घाइते

चितवन । चितवनको कालिका नगरपालिकामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन ।

आज अपरान्ह ४ बजे कालिका नगरपालिका ६ लबडाँडा जंगलमा घाँस काट्न गएका स्थानीय ५४ बर्षीय चन्द्र प्रसाद पौडेललाई चितुवाले आक्रमण गरेको हो ।

चितुवाको आक्रमणबाट घाइते पौडेलको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Previous articleचितवनमा बस र ट्रक ठोक्कियो, १० जना यात्रु घाइते
Next articleप्रेस चौतारीको भवन निर्माणका सेन्ट्रल कलेजबाट २ लाख सहयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।