टाँडीमा ट्रककाे ठक्करबाट एक महिला गम्भीर घाइते

रत्ननगर, भदाै २ । रत्ननगर नगरपालिका- २ टाँडीमा ट्रककाे ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छिन ।

घाइते हुनेमा खैरहनी नगरपालिका वडा नं. १ की ४१ वर्षीया रिना धरेल रहेकाे इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी डा. हेम केसीले जानकारी दिए।

आइतवार बिहान करिब ६:४५ बजे पूर्वबाट पश्चिमतर्फ आउदै गरेकाे ना ६ ख ६६१६ नम्बरकाे ट्रकले पैदल यात्री धरेललाई ठक्कर दिदा उनकाे बायाँ खुट्टाकाे तिघ्रामा गम्भीर चाेट लागेकाे प्रहरीले जनाएकाे छ ।

घाईते महिलाकाे भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उपचार भईरहेकाे प्रहरीले बताएकाेछ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Previous articleभदौ ५ मा एक्सपर्ट चितवनले शैक्षिक मेला गर्दै
Next articleसाढे आठ हजार विद्यार्थीले गरे करिअर कार्निभलकाे अबलाेकन 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।