रत्ननगर, भदौ ४ । चितवनकाे कालिकामा खोलाले बगाएर बेपत्ता भएका बालककाे शव फेला परेकाेछ । बुङखोलाले बगाएर बेपत्ता भएका ६ वर्षिया बालक हरिराम अर्यालकाे शव फेला परेकाे हाे ।
आज दिउसो १:५५ बजे कालिका नगरपालिका-७ स्याउली बजार स्थित बुङखोलामा हात खुट्टा धुने क्रममा बगेर सोही ठाउँ बस्ने उत्तम अर्यालका ६ वर्षिया छोरा हरिराम अर्याल बेपत्ता भएका थिए ।
बेपत्ता बालककाे शव बगाएको स्थानबाट करिब ४ किलोमिटर दक्षिणतर्फ कालिका वडा नं. ६ स्थित मिलिजुली चोककाे कुलाेमा दिउसाे ३:३० बजेकाे समयमा फेला परेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



