कयरखोलामा डुबेको अवस्थामा एकजनाको शव फेला

Click Image

कालिका, १५ भदौ । कालिका नगरपालिकामा एकजना बृद्व मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय साेमवहादुर मुड्भरी कालिका वडा नं ८ स्थित कालिका मन्दिर भन्दामाथी गङटे स्थित कयर खाेलामा डुबेकाे अवस्थामा फेला परेको हाे ।

९० वर्षका बृद्व हिजाेबेलुकी देखि सम्पर्क विहीन भएका थिए । राती अबेर सम्म परिवार र स्थानीयले सम्भावित ठाउँमा खाेजीगरेका थिए ।
खबर पाए लगत्तै कालिका नगरपालिकाका उप–प्रमुख विमला तामाङ, कालिका ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, वडा नं ८ का अध्यक्ष चित्रवहादुर मगर, नगरप्रहरी सहितकाे टिम घटना स्थल पुगेका थिए ।

विहान स्थानीयले खाेलामा डुबिरहेकाे अवस्थामा देखेपछि जुटपानी प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय टांडीवाट आएकाे टिमले मुचुल्का उठाएर पाेष्टमार्टमका लागि भरतपुर पठाएकाे छ ।

Previous articleममताका बुवा भन्छन्– दाइजोलाई लिएर सम्धिनीसँग खटपट भएको थियो
Next articleअन्तर विद्यालय तीजगीत प्रतियोगितामा स्काइराइडर प्रथम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।