पेम्बा लामाको “भट्टिकि साहुनी”सार्वजनिक

काठमाण्डौ,असोज ६- लोकप्रीय युवा गायक पेम्बा लामाको नयाँ गित “भट्टिकि साहुनी”सार्वजनिक भएको छ। गत शुक्रबार गायक लामाको आफ्नै युट्युव च्यानल पिएस क्रीयसन(PS Creation) मार्फत सो गितको भिडियो सार्वजनिक भएको हो।

टुल्कु लामाको शब्द तथा छेटुप लामाको संगित रहेको सो गितमा स्वयं गायक लामाको स्वर रहेको छ। “बैमानी”, “जिउ लाग्ने” लगायतका गितको अपार सफलतापछि गायक लामाले उक्त तामाङ्ग सेलो दर्शक श्रोता माझ ल्याएका हुन।

प्रयास दोङ्ग रेकर्डिस्ट रहेका सो गितलाई जोगलाल लामाले एरेन्ज गरेका हुन। सार्वजनिक सो भिडियोमा प्रतीक ङ्यासुर,रिया लामा र बाल कलाकार सायना तामाङ्गको अभिनय रहेको छ।

अमृत चापागाईंको सम्पादन रहेको सो भिडियोको छायांकन जीवन बास्कोटा”सुन्दर”ले गरेका हुन। लाक्पा दोर्जे तामाङ्गको कोरियोग्राफी रहेको सो भिडियोलाई प्रतीक ङ्यासुरले निर्देशन गरेका हुन। पिएस क्रीयसनको निर्माणमा बनेको सो भिडियोमा युवा युवती बिचको प्रेम भावलाई उतारिएको छ।

(भिडियो)

Previous articleआइसीसी विश्वकप लिग-२ मा जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल
Next articleकालिकाका चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।