कार्तिक २१ गते टाँडीको सब्जीमण्डी अगाडी भएको दुर्घटनामा घाईते तेश्रो युवकको पनि मृत्यु

Click Image

उज्यालो दर्पण- चितवनको रत्ननगर टाँडीमा रहेको सब्जीमण्डी अगाडी गत कार्तिक २१ गते बुधबार बिहान भएको सवारी दुर्घटनामा घाईते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका रत्ननगर-१३ अमिलिया घर भएका सञ्जय लामाको पनि ज्यान गएको हो ।

कार्तिक २१ गते बुधबार ००:२५ बजेको समयमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको मधेस प्रदेश०१–००१ ख ०४५७ नम्बरको बस र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना २४ प १९१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो ।

दुई सवारी साधन आपसमा ठोक्किई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भिर घाइते भएको भएका थिए । घाइतेमध्ये रत्ननगर–१३ अमिलिया बस्ने अन्दाजी २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा सोहीराति १२ः५१ बजे मृत्यु भएको थियो भने २० वर्षीय साहिल परियारको उपचारको क्रममा कार्तिक २४ गते भारतको गोरखपुरमा मृत्यु भएको थियो ।

सोहि घटनामा घाइते भएका सञ्जयको पनि उपचारको क्रममा मङ्सिर २४ गते राती नेपाल भारत मैत्री अस्पताल काठमाण्डौमा मृत्यु भएको बागमती प्रहरी प्रदेश कार्यालय हेटौडाले जानकारी दिएको छ । यो संगै सो दुर्घटनामा घाईते भएका रत्ननगरका तिनैजना युवकको दुखद निधन भएको छ ।

Previous articleतेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिता: बागमती फुटबल क्लब विजयी
Next articleपिठुवा सामुदायिक सिकाई केन्द्रको भवन शिलान्यास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।