उज्यालो दर्पण। रत्ननगरको पिठुवामा रहेको पिठुवा सामुदायिक सिकाई केन्द्रको भवन शिलान्यास गरिएको छ । भवनको आईतवार एक समारोह बीच वडाध्यक्ष हेमराज थापाले शिलान्यास गरेका हुन्।
रत्ननगरको वडा नं. १४,१५ र १६ ( साविक पिठुवा गाविस) कार्यक्षेत्र रहेको केन्द्रले सिपमुलक जनशक्ति उत्पादन गर्ने उद्देश्यले आफ्नै भवन निर्माण गर्न लागेको अध्यक्ष नेत्र घिमिरेले जानकारी दिए।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट विनियोजित बजेट रु. २० लाख बाट भवनको निर्माण सुरुवात गरिएको हो।
पुस्तकालय, आईसीटी ल्याब सहित छ कोठे, दुईतले भवन निर्माणको लागी ५० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। भवन निर्माणको लागि नपुग रकम नगरपालिका र प्रदेश सरकारसँग माग गरिने अध्यक्ष घिमिरेले जानकारी दिए।

