गैंडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

चितवन —गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन् ।

भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैंडाले आक्रमण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आइतबार बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ। ( प्रतीकात्मक तस्विर)

Previous articleरत्ननगरमा लुम्बिनी सेरामिक्स टायल्सको डिलर उद्घाटन
Next articleजनविश्वास जित्दै कालिका नगरअस्पताल; दैनिक ३०० सेवाग्राहीले उपचार सेवा लिँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।