रत्ननगरमा ४५ दिने लोकसेवा तयारी कक्षा सुरु

Click Image

रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजना तथा लोकसेवा सारथी प्रालिको सहजीकरणमा सञ्चालित ४५ दिने लोकसेवा आयोगको तयारी कक्षा एक कार्यक्रमबीच समुद्घाटन भएको छ

कार्यक्रमको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले स्वदेशमै रहे राष्ट्रसेवामा लाग्न युवाहरुलाई आग्रह गर्दै लोकसेवा तयारीको लागि ४५ दिनको समय अपुग भएमा थप कक्षाहरु सञ्चालन गर्न स्थानीय सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले दत्तचित्तका साथ विषयकेन्द्रित भएर एउटा असल राष्ट्रसेवक कर्मचारीका रुपमा सरकारी सेवा गर्ने सोच राखेर लोकसेवाको तयारी गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

कार्यक्रममा नगरउपप्रमुख यादवप्रसाद पाठकले लोकसेवा रहरले मात्र नभई पूर्णकालीनरुपमा सहभागी भई आफ्नो दक्षता प्रदर्शन गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

यस्तै, रत्ननगर–१५ का वडाध्यक्ष आसिक तामाङले जनप्रतिनिधिसँग समाजले गरेको अपेक्षा पूरा गर्न लोकसेवाको तयारी कक्षा एक रहेको बताए ।

लोकसेवा सारथी प्रालिका सञ्चालक महेश घिमिरेले सार्वजनिक सेवामा प्रवेश गर्न चाहनेका लागि आफ्नो संस्थाले समन्वय गर्दै आएको बताए ।

प्रशासन शाखा प्रमुख सबिता अर्यालले सञ्चालन गरेको कार्यक्रममा ११० जना विद्यार्थी सहभागी छन् । सो अवसरमा गत वर्ष रत्ननगर–१५ ले आयोजना गरेको लोकसेवा तयारी कक्षाबाट लोकसेवा परीक्षा पास गरेका मोहनबहादुर लम्साललाई २० हजार रुपैयाँसहित सम्मानित गरिएको थियो ।

Previous articleपिठुवा खानेपानीको सातौँ साधारणसभा; एक वर्षमा झन्डै दुई करोड आम्दानी
Next articleक्यानडा समिट २०२५ आयोजना गर्दै आइसीसीसी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।