बाँस्कोटाको अडियो लिक गर्ने मिश्रविरुद्ध साइबर क्राइमको उजुरी

निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध साइबर क्राइमको उजुरी दर्ता भएको छ।

संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर चरित्रहत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गराएका हुन् । समितिको बैठकले ३ दिन अघि नै प्रहरीको साइबर क्राइम ब्यूरोको नाममा छानविन गरेर कारवाहीका लागि पत्राचार गरेको थियो ।

मिश्रले बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत आरोप लगाएका थिए।

सोही आधारमा लेखा समितिले मिश्रमाथि साइबर क्राइमको उजुरी हालेको हो।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते

Previous articleकोरियामा कोरोनाः नेपाली भन्छन्– आत्तिनु पर्दैन, सतर्क रहूँ
Next articleकोरोनाका कारण कोरियामा मार्च ९ सम्म स्कुल विदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।