कोरोनाका कारण कोरियामा मार्च ९ सम्म स्कुल विदा

दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि स्कुल खुल्ने समय पछि सारिएको छ। १ मार्चबाट सुरु हुने नयाँ शैक्षिक सत्र एक साता पछि सारिएको हो।

अहिले दक्षिण कोरियामा कोरोनाबाट संक्रमितको संख्या ६ सय नाघिसकेको छ भने ५ जनाको मृत्यु भइसकेको छ।

‘संक्रमण फैलिन नदिन र विद्यार्थी तथा स्कुलको सुरक्षाका लागि शिक्षा मन्त्रालयले २०२० को शैक्षिक सत्र देशभर एक साता पछि सारिएको छ,’ शिक्षामन्त्री यु युन हेले भने।

आइतबार मात्रै एक सय ६९ जना नयाँ बिरामी फेला परेका थिए। एजेन्सी

फेरि पश्चिमी वायु सक्रिय हुँदै, बुधबारदेखि वर्षाको सम्भावना

Previous articleबाँस्कोटाको अडियो लिक गर्ने मिश्रविरुद्ध साइबर क्राइमको उजुरी
Next articleकोरियामा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएपछि नेपाल सरकारद्वारा कामदार पठाउन रोक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।