Home Uncategorized एमसीसीको पक्षमा सभापति शेरबहादुर देउवाको चट्टानी अडान !

एमसीसीको पक्षमा सभापति शेरबहादुर देउवाको चट्टानी अडान !

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा चट्टानी अडान लिँदै परियोजना नेपालको हितमा रहेका बताएका छन् ।

प्रेस युनियनले आईतबार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई नेपाल सरकारले फिर्ता जान दिन नहुने बताए ।

नेपालमा लगानी वृद्धि एवम् आर्थिक विकासमा तीव्रता ल्याउने उद्देश्यसहित नेपाल सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता विकासका लागि महत्त्वपूर्ण रहेको देउवाको दाबी छ । उनले अमेरिकी राजदूतावासले एमसीसी इन्डोप्यासिफिक जस्तो सैन्य गतिविधि सञ्चालन गर्ने रणनीति नभएको स्पष्ट पारिसकेको हुँदा भ्रममा नपर्न आग्रह गरे ।

एमसीसी पारित भए भोलि नेपालले भारतलाई विद्युत् बेच्न सजिलो हुने देउवाले विश्वास व्यक्त गरे । उनले बुटवलदेखि दिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरू गरिसकेको जानकारी दिँदै त्यो रकमले नेपालको सडक निर्माण तथा विस्तार समेतमा सहयोग पुग्ने बताएका छन् ।

काठमाडौँको धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला

Previous articleडा. शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री ओलीलाई सोधिन् अन्तिम प्रश्न !
Next articleप्लास्टिकबाट १८ क्यारेट सुन उत्पादन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।