पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा, चार जना पक्राउ

पोखरा, १२ फागुन । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोजेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले कालो झण्डा देखाउन जानेक्रममा पीएन क्याम्पस अघिबाट समाजवादी पार्टीका विद्यार्थी युनियनका युवालाई पक्राउ गरेको हो ।

यस्तै समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमिल्सिना र प्रवास भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री ओली नेकपा गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न पोखरा आएका हुन् ।

The post पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा, चार जना पक्राउ appeared first on Koshi Online.

ब्याडमिन्टनमा प्रिन्सको छलाङ : बने विश्वकै सातौँ उत्कृष्ट खेलाडी

Previous articleकोरोनाभाइरसः फिलिपिन्समा २२० जोडीले मास्क लगाएर सामूहिक विवाह गरे
Next articleपैदल हिँडिरहेका बालककाे ठक्करबाट मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।