
नागरिकता कानुनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा सोमबार एक प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ।
ट्रम्प साँझ दिल्ली पुग्दैछन्। ट्रम्प दिल्ली पुग्न अगाडि त्यहाँ महिनौंयता जारी नागरिकता कानुनको प्रदर्शनले हिंसात्मक रुप लिएको हो।
दिल्लीको यमुना पार इलाकामा प्रहरी हेड कन्स्टेबल रतन लालको प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर मृत्यु भएको बताइएको छ।
यस घटनासँगै दिल्ली सरकारले हिंसालाई नियन्त्रणमा लिन दिल्लीका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। त्यहाँ कफ्र्यु जारी भएको छ।
Very distressing news regarding disturbance of peace and harmony in parts of Delhi coming in.
I sincerely urge Hon’ble LG n Hon’ble Union Home Minister to restore law and order n ensure that peace and harmony is maintained. Nobody should be allowed to orchestrate flagrations.— Arvind Kejriwal (@ArvindKejriwal) February 24, 2020
भारत सरकारले नागरिकता सम्बन्धी नयाँ कानुन ल्याएपछि केही समययता भारतमा प्रदर्शन जारी छ।
उक्त कानुन मुसलमान विरोध भएको भनेर त्यहाँ प्रदर्शन भइरहेको हो। छिमेकी मूलुकका गैर मुस्लिम नागरिकलाई मात्र नागरिकता दिने भनेर नयाँ कानुनले बताएपछि हिंसा जारी छ।



