पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर रु १० ले बढ्यो

0
68

काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएको हो । जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटर सम्ममा पेट्रोलको मूल्य १७०, डिजेल १५३ र मट्टितेलको १५३ कायम गरिएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ ।

निगमले आज जारी गरेको विज्ञप्तिमा नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २३ रुपैयाँ २ पैसा, डिजेलमा रु ४० रुपैयाँ १३ पैसा घाटा रहेको तर मट्टितेलमा रु २ रुपैयाँ ८१ पैसा नाफा रहेको जनाइएको छ ।
रासस

https://www.ujyaalonepalnews.com/archives/20110

Previous articleराप्ती नगरपालिकामा प्रारम्भिक मतपरिणामः मेयर-उपमेयरमा एमालेको अग्रता कायमै
Next articleचितवनमा एमालेले खाता खोल्यो: कालिका ११ को वडा अध्यक्ष सहित प्यानलै बिजयी