Home Uncategorized समाजवादीले प्रवास कमिटीको टुंगो लगायो, धन गुरुङ अध्यक्ष

समाजवादीले प्रवास कमिटीको टुंगो लगायो, धन गुरुङ अध्यक्ष

काठमाडौं । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी मिलेर बनेको समाजवादी पार्टीले प्रवास कमिटीको पनि टुंगो लगाएको छ । मंगलबार एक कार्यक्रमका बीच समाजवादीले प्रवास विशेष प्रदेश समिति समायोजनको घोषणा गरेको हो ।

संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यता र पार्टीका केन्द्रीय पदाधिकारीको उपस्तिथिमा ११ सदस्य पदाधिकारी रहेको प्रवास समिति घोषणा भएको हो ।

समितिको अध्यक्षमा धन गुरुङ, उपाध्यक्षमा पार्वती थापामगर, पेम्बा गेलु शेर्पा, सुवन चौलागाईं, सुन्दर तामाङ र मिलन कान्छा किराँती रहेका छन् । यस्तै मुख्यसचिवमा विश्वदिप तिगेला, सचिवमा प्रमोद श्रेष्ठ, मनिष यादव र मनोज गौतम चयन भएका छन् भने कोषाध्यक्षमा धनबहादुर बि.क रहेका छन् ।

९९ सदस्यीय रहने समितिमा सम्पूर्ण नेपाली समाजका अध्यक्षहरु, विदेशमा रहेका केन्द्रीय सदस्य तथा संघीय परिषद सदस्यहरु विदेशमा गठन भएका समाजवादी पार्टीको भातृ संगठन, जनवर्गीय संगठनका अध्यक्षहरु, नेपाली समाजाका सल्लाहकारहरु तथा बुद्धिजीवी समितिका अध्यक्षहरु पदेन सदस्य रहेन भएका छन् ।

यस्तै समाजवादीले प्रवास कमिटीसँग समन्वय गर्नका लागि इन्चार्जको जिम्मेवारी आङकाजी शेर्पालाई दिएको छ भने सह-इन्चार्जको जिम्मेवारी मनबहादुर राई, जि.एस. गुरुङ, भगवान चाम्लिङ राई, लक्ष्मण हुमगाईं र सुनिल खड्कालाई दिएको छ ।

चितवनको राप्ती नदीमा हामफालेर एकको मृ’त्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here