तालमा बेपत्ता लुइँटेल मृत फेला

पोखरा । फेवातालमा डुंगा डुब्दा बेपत्ता काठमाडौं–१०, कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुइँटेल घटनाको भोलिपल्ट मृत फेला परेका छन् । तालमा तैरिरहेको अवथामा दिउँसो २ः३५ बजे उनको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

डुंगा भाडामा लिएर लुइँटेलसहित ३ जना तालमा सवार रहेकोमा सोमबार दिउँसो सो डुंगा एक्कासी डुबेको थियो । डुंगासहित तालमा डुबेका काठमाडाैं –१०, कपनका २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीलाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो । लुइँटेललाई फेला पार्न सकिएको थियो । उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।

The post तालमा बेपत्ता लुइँटेल मृत फेला appeared first on Rajdhani Daily News.

सडकमा पैसा छरेर भाग्ने युवतीहरु मदरसाबाट पक्राउ, नन्द-भाउजु रहेको खुलासा

Previous articleजर्ज हुडले ८ घण्टा बढी ‘प्ल्याङ्किङ’ गरेर बनाए विश्व कीर्तिमान
Next articleसुत्केरी तथा गर्भवती महिलालाई पाँचखाल नगरपलिकाद्धारा अन्डा तथा घ्यू वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।