सुत्केरी तथा गर्भवती महिलालाई पाँचखाल नगरपलिकाद्धारा अन्डा तथा घ्यू वितरण

काभ्रेपलाञ्चोक । मातृशिशु पोषण कार्यक्रम अन्तर्गत पाँचखाल नगरपलिका–८, ले गर्भवती तथा सुत्केरी महिलालाई एक क्रेट अन्डा र एक किलो घ्यू वितरण गर्ने अभियान शुरु गरेको छ । मातृशिशुको पोषण सुरक्षाका लागि गर्भवती महिलालाई अण्डा र घ्यू दिन थालेको वडा नं ८, का अध्यक्ष सञ्जय तामाङले बताए ।

गर्भवती महिला र शिशु भएका महिलालाई मासिक एक क्रेट अण्डा र आधा केजी घ्यू वितरण शुरु गरिएको बताउँदै उनले भने, ‘अभियानको पहिलो दिन १४ गर्भवती महिलालाई सो सामग्री वितरण ग¥यौँ’। गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराउन थालेदेखि सुनौलो हजार दिन सम्मका महिलालाई वडाले अण्डा र घ्यू उपहार दिने अभियान सञ्चालन भइसकेको वडाध्यक्ष तामाङले बताए ।

त्यससँगै सुत्केरीपछिका दिनमा पनि बच्चा र आमालाई एक सेट कपडाका साथै खाना थालेपछि सर्वोत्तम पीठोको व्यवस्था गर्ने अभियानमा रहेको वडाध्यक्ष तामाङले बताए । उनले गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराएको विवरण सङ्कलन गरी त्यसका आधारमा वितरण प्रक्रिया थालनी गरेका बताए । सुनौलो हजार दिनसम्म गर्नुपर्ने सबै प्रकारका सहयोगका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने वडाध्यक्ष तामाङको बताए ।

The post सुत्केरी तथा गर्भवती महिलालाई पाँचखाल नगरपलिकाद्धारा अन्डा तथा घ्यू वितरण appeared first on Rajdhani Daily News.

जनकपुरमा पैसा फालेर भाग्ने महिलामा र्यापिड टेस्ट गर्दा कोरोना ‘पोजेटिभ’ देखियो

Previous articleतालमा बेपत्ता लुइँटेल मृत फेला
Next articleअमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोज्नु हाँस्यास्पद : मिन विश्वकर्मा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।