
इटालीमा भ्रमण गर्ने पर्यटकहरुबाट नै युरोपका विभिन्न मूलुकमा कोरोनाको संक्रमण सर्न थालेको बताइएको छ।

इटाली युरोपको सबैभन्दा बढी कोरोनाग्रस्त राष्ट्र हो। त्यहाँ हालसम्म ३ सयभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ। जहाँ ११ जनाको मृत्यु भइसकेको छ।
अस्ट्रिया, क्रोयसिया, स्वीजरल्याण्ड र अफ्रिकी राष्ट्र अज्लेरियामा इटाली भ्रमण गर्न गएका नागरिकबाट नै कोरोना फैलिएको त्यहाँका सरकारले पुष्टि गरेका छन्।
ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलमा पनि इटालीबाट नै कोरोना फैलिएको बीबीसीले जनाएको छ।
त्यसबाहेक स्पेन, फ्रान्स, जर्मनीमा पनि कोरोनाको संक्रमण देखिएको छ। इटाली घुम्न गएका नागरिकहरुमा कोरोनाको संक्रमण देखिएको बताइएको छ।
इटालीमा भने एक वेलायती नागरिकले कोरोना फैल्याएका थिए। हङकङमा आयोजित एक सम्मेलनमा भाग लिन गएका ती नागरिकको चीनको वुहान शहरका एक नागरिकसँग गत जनवरीमा सम्पर्क भएको थियो।
त्यसपछि वेलायती नागरिक इटाली पुगेका थिए। इटालीमा उनी बाट नै कोरोना फैलिएको थियो।
चीनबाहिर दक्षिण कोरिया, इरान र इटाली कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्र हुन्।
मंगलबार बिहानसम्म विश्वभर कोरोनाको संक्रमण ८० हजार ९८२ जनामा देखिएको छ। मृतकको संख्या २७ सय ६३ पुगिसकेको छ।
चीनमा मात्र ७८ हजार ६४ संक्रमित छन् त्यहाँ मृतकको संख्या २७ हजार १५ पुगेको छ। एजेन्सी
कश्मिरमा आतं’कवा’दी समूहसँगको भि’डन्तमा सेनाका कर्णेलसहित ५ जनाको मृ’त्यु


