रत्ननगर । राष्ट्रिय स्वतन्त्र पार्टीले रत्ननगरका पाँच वटा वडामा नयाँ वडा समिति गठन गरेको छ । शनिबार सम्पन्न प्रथम अधिवेशनबाट वडा नं १, २, ३, ४ र ५ मा वडा समिति गठन गरिएको हो।
अधिवेशनले वडा नं १ मा टिकाराम ढकाल, वडा नं २ मा रामबहादुर बर्तौला, वडा नं ३ मा राममणि सिलवाल, वडा नं ४ मा राजेन्द्र गिरी र वडा नं ५ मा हरिप्रसाद धमलालाई वडा सभापतिमा चयन गरेको छ।

शनिबार पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य ध्रुव गिरी, प्रशिक्षण विभाग प्रमुख जगदिशचन्द्र शर्मा, क्षेत्रीय सभापति टीकादत्त इटनी, जिल्ला सभापति कृष्णप्रसाद भूषाल, संसद हरि ढकालका प्रमुख सल्लहाकार दीपक गौतम लगायतले मन्तव्य राखेका थिए ।
नगर सभापति भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामशरण भट्टराईले सञ्चालन गरेका थिए । कार्यक्रमका रत्ननगरका पूर्व जनप्रतिनिधि कमलबहादुर घिमिरे सहित ५६ जना विभिन्न पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका छन् ।

घिमिरे वि.स २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट वडा नं. १० को वादासदस्यमा निर्वाचित भएका थिए। एमाले विभाजनको समयमा एकीकृत समाजवादी तर्फ लागेका उनी जिल्ला सदस्य रहेकै समयमा गत चैतमा पुनः एमालेमा फर्किएका थिए । उनै घिमिरे अहिले फेरि रास्वापा प्रवेश गरेका हुन्।




