एमाले रत्ननगरको दशौं अधिवेशनको तयारी; ५९९ सदस्यीय मुल व्यवस्थापन कमिटी गठन

उज्यालो दर्पण। नेकपा एमालेको रत्ननगर नगरकमिटीको १० औं अधिवेशन आगामी माघ १९ र २० गते हुने भएको छ। नगरकमिटीको शनिबार सम्पन्न १२ औं पुर्ण बैठकले अधिवेशनको मिति तोकेको हो।

वैठकले नगरकमिटी अध्यक्ष ईश्वरी प्रसाद अर्यालको अध्यक्षतामा ७५ सदस्यीय आयोजक कमिटी गठन गरेको छ। त्यस्तै अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन अर्यालकै संयोजकत्वमा ५९९ सदस्यीय मुल व्यवस्थापन कमिटी गठन गरिएको नगरकमिटी उपसचिव सागर मिश्रले जानकारी दिए। वैठकले नगर अधिवेशनको लोगो समेत सार्वजनिक गरेको छ।

शनिवार नगरकमिटी अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, केन्द्रिय सदस्य एवं चितवन क्षेत्र नं १ इन्चार्ज प्रभा बराल, केन्द्रिय सदस्य एवं चितवन क्षेत्र नं १”२” इन्चार्ज कपिल पोखरेल, केन्द्रिय सल्लाहकार परिषद सदस्यद्वय त्रीलोचन निर्मल पौडेल र सूर्य लामिछाने लगायतको उपस्थिति थियो।

पार्टीको नगरकमिटी उपसचिव सागर मिश्रले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम नगरकमिटी सचिब शिवराज सुवेदीले संचालन गरेका थिए ।

Previous articleरत्ननगरको पाँचवटा वडामा रास्वपाको नयाँ समिति गठन
Next articleरातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो चितवनको; प्रहरी भन्छ दोषीलाई कारबाही हुन्छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।