नाइजेरियामा सिपाहीले गरे आफ्नै चार सहकर्मीको हत्या

लेगोस । नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् ।

नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुई जना घाइते भएको उल्लेख छ । सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताए ।

उक्त घटनाका बारेमा सेनाले छानबिन शुरु गरेको पनि प्रवक्ता मुसाले बताए ।

The post नाइजेरियामा सिपाहीले गरे आफ्नै चार सहकर्मीको हत्या appeared first on Rajdhani Daily News.

ट्रक किनेको पैसा तिर्न नसकेपछि रड प्रहार गरी साथीको हत्या

Previous articleनेकपाको विवाद चर्कियो, पार्टीको निर्णय मान्नुको विकल्प नभएको वरिष्ठ नेता खनालको चेतावनी
Next articleयस्तो बन्यो राष्ट्रिय हवाई नीति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।