मुख्यमन्त्री पौडेलद्वारा सिपी मैनालीको स्वास्थ्यलाभको कामना

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सवारी दुर्घटनामा घाइते भएका नेकपा (माले) का महासचिव सिपी मैनालीको स्वास्थ्यलाभको कामना गरेका छन् । आज एक सन्देश प्रकाशित गरी मुख्यमन्त्री पौडेलले रहेका मैनाली र परिवारको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

‘विसं २०२८ मा भएको चर्चित झापा आन्दोलनका सशक्त योद्धा तथा त्यस आन्दोलनपछि गठित नेकपा (माले) हुँदै नेकपा (एमाले) र पुनः नेकपा (माले)मा रही नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिनुहुने नेपाल सरकारका पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका मैनालीलगायत उहाँका परिवारका सदस्य एवं उक्त दुर्घटनामा घाइते सम्पूर्ण महानुभावको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।

The post मुख्यमन्त्री पौडेलद्वारा सिपी मैनालीको स्वास्थ्यलाभको कामना appeared first on Rajdhani Daily News.

विदेशमा रहेका नेपाली बारे सरकारको नयाँ निर्णय: धेरै नेपाली रहेका देशमा उद्धार उडानलाई प्राथमिकता दिने

Previous articleएसडीजीका लागि सवैको सहभागिता आवश्यक
Next articleढुंगेधारा संरक्षणका लागि हस्ताक्षर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।