परिमार्जन गरेर मात्र एमसिसी पारित हन्छ : अध्यक्ष दाहाल

चौतारा, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताए ।

प्रेस सङ्गठन नेपालले शनिबार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी रु ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए ।

अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने उल्लेख गरे ।

आग्रहलाई मञ्जुर नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनको भनाइ थियो ।

उनले अहिले संविधान संशोधन नहुने बताउँदै पार्टीको निर्णयअनुसार उपाध्यक्ष गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनित हुने दोहोर्‍याए । रासस

The post परिमार्जन गरेर मात्र एमसिसी पारित हन्छ : अध्यक्ष दाहाल appeared first on Koshi Online.

विदेशमा नेपालीको हरिबि’जोक; सक्नुहुन्छ भने नेपाल लगिदिनुस्, नसके हामीलाई मा’रिदिनुस्।

Previous articleकोरोनाभाइरसका लागि २० भन्दाबढी भ्याक्सिन तयार हुँदैः विश्व स्वास्थ्य संगठन
Next articleसामान्य विवादका क्रममा छुरी प्रहार गरी युवकको हत्या, २ घण्टापछि नै प्रहरीद्वारा पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।