काठमाडौं । नेपाल ट्रस्टको जग्गालाई जनताका हितका लागि प्रयोग गर्न माग गरिएको छ । प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले सोमबार संसद्मा बोल्दै नेपाल ट्रष्टको जग्गालाई व्यवसायिक दृष्टिकोणले मात्र प्रयोग नगरी ‘जनताका लागि पनि उपयोग गर्न’ माग गरेका हुन् ।
सांसद श्रेष्ठले काठमाडौं उपत्यकामा बढ्दो जनघनत्व, सहरीकरण र खुला ठाउँ कमी भएकाले ट्रस्टको जग्गालाई सार्वजनिक पार्क र हरियाली क्षेत्रका रूपमा प्रयोग गर्नुपर्ने माग गरेका हुन् । ‘काठमाडौंमा ४० लाखभन्दा बढी नागरिकको बसोबास छ, यस्ता जग्गामा सार्वजनिक पार्क बनाइयोस्’ भन्दै सांसद श्रेष्टले सभामुखमार्फत सरकारको ध्यान आकर्षण गराए ।
सांसद श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहका छोरी प्रेरणा राज्यलक्ष्यी शाहलाई दाइजोडमा दिएको काठमाडौं महानगरपालि–१३ स्थित १५ आना २ पैसाबराबरको जग्गा अदालतको निर्णयबाट नेपाल ट्रस्टको नाममा आएको स्मरण गराउँदै ‘सो जग्गामा सार्वजनिक पार्क बनाउनुपर्ने’ मागसमेत गरेका छन् ।
The post ट्रस्टको जग्गा जनताका लागि प्रयोग गर्न माग appeared first on Rajdhani Daily News.
चितवनमा गैँडा मा’र्ने, खाग बिक्री गर्ने ठूलाे गि’राेह पक्राउ



