ट्रस्टको जग्गा जनताका लागि प्रयोग गर्न माग

काठमाडौं । नेपाल ट्रस्टको जग्गालाई जनताका हितका लागि प्रयोग गर्न माग गरिएको छ । प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले सोमबार संसद्मा बोल्दै नेपाल ट्रष्टको जग्गालाई व्यवसायिक दृष्टिकोणले मात्र प्रयोग नगरी ‘जनताका लागि पनि उपयोग गर्न’ माग गरेका हुन् ।

सांसद श्रेष्ठले काठमाडौं उपत्यकामा बढ्दो जनघनत्व, सहरीकरण र खुला ठाउँ कमी भएकाले ट्रस्टको जग्गालाई सार्वजनिक पार्क र हरियाली क्षेत्रका रूपमा प्रयोग गर्नुपर्ने माग गरेका हुन् । ‘काठमाडौंमा ४० लाखभन्दा बढी नागरिकको बसोबास छ, यस्ता जग्गामा सार्वजनिक पार्क बनाइयोस्’ भन्दै सांसद श्रेष्टले सभामुखमार्फत सरकारको ध्यान आकर्षण गराए ।

सांसद श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहका छोरी प्रेरणा राज्यलक्ष्यी शाहलाई दाइजोडमा दिएको काठमाडौं महानगरपालि–१३ स्थित १५ आना २ पैसाबराबरको जग्गा अदालतको निर्णयबाट नेपाल ट्रस्टको नाममा आएको स्मरण गराउँदै ‘सो जग्गामा सार्वजनिक पार्क बनाउनुपर्ने’ मागसमेत गरेका छन् ।

The post ट्रस्टको जग्गा जनताका लागि प्रयोग गर्न माग appeared first on Rajdhani Daily News.

चितवनमा गैँडा मा’र्ने, खाग बिक्री गर्ने ठूलाे गि’राेह पक्राउ

Previous articleकोरोनाको प्रभाव अन्नपूर्ण पदमार्गमा
Next articleआहा–रारा गोल्डकपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा सहारा र ब्रिगेड ब्वाइज भिड्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।