आहा–रारा गोल्डकपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा सहारा र ब्रिगेड ब्वाइज भिड्ने

आहा–रारा गोल्डकप फुुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्ने भएका छन्।

आयोजक सहारा क्लबले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको १८ औं संस्करणको खेल तालिका सार्वजनिक गरेको हो।

प्रतियोगिताको दोस्रो खेलमा  एपीएफ र झापा–११ फुटबल क्लब खेल्नेछन्।

प्रतियोगितामा ३ विभागीयसहित १० टोली सहभागी छन्। प्रतियोगिताको गत संस्करणको उपाधि थ्रीस्टार क्लबले उचालेको थियो।

प्रतियोगितामा प्रि–क्वार्टरफाइनलका खेलका लागि १ सय रुपैयाँ टिकट तोकिएको छ।

क्वार्टरफाइनलको १ सय ५०, सेमिफाइनलको २ सय र फाइनल खेलका लागि २ सय ५० रुपैयाँ टिकट दर तोकिएको छ। प्रतियोगिताका सबै खेल हेर्न सिजनल टिकटका रुपमा १५ सय रुपैयाँको टिकट तोकिएको छ।

प्रतियोगितामा नेपाल पुलिस क्लबले ६, मनाङ–मस्र्याङदी र थ्रीस्टारले समान ५ तथा अफ्रिकन युनाइटेड र आयोजक सहारा क्लवले १–१ पटक उपाधि आफ्नो पोल्टामा पारेका छन्।

प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिता फागुन २२ देखि चैत्र १ गतेसम्म पोखरा रगंशालामा सञ्चालन हुनेछ।

कमाउन गएको छोरो परदेशमै हराएपछि हराएपछि घरमा आमाको भोक निद्रा हरायो

Previous articleट्रस्टको जग्गा जनताका लागि प्रयोग गर्न माग
Next articleसहारा क्लबले राष्ट्रिय टोलीका सुजल श्रेष्ठलाई सम्मान गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।