भारतीय गाडी नेपाल छिर्न दूतावासको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न माग

खुला सीमाको फाइदा उठाउँदै नेपाल भित्रिने विदेशी सवारी–साधनलाई नियमन गर्न विज्ञहरुले सरकारलाई सुझाब दिएका छन्।

नेपाल भित्रने सवारीको नियमनका लागि कुनै प्रोटोकल तयार नहुँदा मनलाग्दी भएको भन्दै उनीहरुले चिन्तासमेत व्यक्ति गरेका छन्।

सरकारी सेवाबाट अवकास पाएका पूर्वसचिव लगायतसम्बद्ध २५ प्लस समूहको आयोजनामा ‘नेपालमा विदेशी साधनहरुको आगमन’ विषयमा म‌ंगलबार काठमाडौंमा भएको कार्यक्रममा भारतीय सवारी साधन बढ्दै गएकोमा चिन्ता व्यक्त भएको हो।

भारतबाट जथाभावी सवारी साधन भित्रिनाले अराजकता, अपराध बढ्दै गएको र त्यसको कुनै तथ्यांक सरकारले राख्न नसकेको उनीहरुले बताएका छन्।

भारतबाट सवारी साधनमार्फत नेपाल भित्रिने यात्रु कहाँ जान्छन्, कति दिन बस्छन्, कुन नाकाबाट फिर्ता हुन्छन् भन्ने कुनै तथ्यांक नभएको र यसले भविष्यमा ठूलो समस्या हुनसक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले बताए।

उनले नेपालबाट भारत सवारी साधन लैजाँदा दूतावासबाट स्वीकृति लिनुपर्ने र भारतबाट नेपाल आउँदा भने भन्सारबाटै अनुमति दिने व्यवस्था परिवर्तन गर्न सरकारलाई सुझाब दिएका छन्। भारतले जस्तै नेपालले पनि दूतावासबाटै स्वीकृति लिने व्यवस्था गर्न उनले सुझाब दिए।

‘कति आए, कहाँ गए, कुनै अनुगमन छैन। आउने बेलामा ठाउँठाउँमा तथ्यांक राखिनुपर्छ’ पूर्व सचिवसमेत रहेका उपाध्यायले भने, ‘नेपालबाट भारत जाने सवारी साधनले कति यात्रु लगेको छ, कुनै अनुगमन छैन। यसलाई सुरक्षाको दृष्टिकोणबाट हेर्नुपर्छ।’

पहाडी क्षेत्रमासमेत भारतीय सवारीको चाप बढ्दा आपराधिक गतिविधि बढ्ने, राजश्वमा क्षति पुग्ने, गलत क्रियाकलाप बढ्ने देखिएकाले नियमन गर्नुपर्ने पूर्व सहसचिव ऋषिराम लामिछानेले बताए।

भन्सार विभागका पूर्व महानिर्देशक माधवप्रसाद घिमिरेले निजी सवारी, कार्गोको समेत सरकारले तथ्यांक राख्नुपर्ने बताए। तथ्यांक राख्दा कुनै समस्या नहुने उनको भनाइ थियो।

त्यसैगरी पूर्व सभासद श्याम श्रेष्ठले आफू सिक्किम जाँदा कहाँ बस्ने, कतिदिन बस्ने, कुन ठाउँ घुम्ने र परिचय खुल्ने कागज देखाए र बल्ल अनुमति पाएको अनुभव सुनाए। नेपालमा खुला सीमाना, र राज्यको ईच्छाशक्तिका कारण समस्या भएको उनको भनाइ थियो।

अर्थविद् गोविन्द थापाले नेपालले प्रचलित प्रणालीका कारण त्यस्तो तथ्यांक नराखिएको बताए। चुनावको अवधिमा, विवाह लगायत अन्य कार्यहरुमा पनि तराईतिर भारतीय गाडी बाक्लो देखिने बताए।

सशस्त्र प्रहरी बलका पूर्व एआईजी रविराज थापाले नेपालको सीमानामा नियन्त्रण गर्नुपर्ने बताए। ‘पहिलेभन्दा नेपालको सीमा कमजोर भएको छ’ उनले भने, ‘नेपाल भित्रिने हरेक व्यक्तिको तथ्यांक राख्नुपर्छ।’

त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले विदेशी नम्बर प्लेटको गाडीमा को आयो, त्यही गाडीमा फक्र्यौ कि फर्केन भन्ने सरकारले अनुगमन गर्नुपर्ने बताए।

प्राध्यापक कृष्ण पोखरेलले भारतमा गाडी सस्तो भएका कारण गाडी लिएर नेपालमा आउने भएकाले त्यसबारे पनि सोच्न सुझाब दिए।

के विदेश मै बसेर IPO भर्न सकिन्छ? यस्तो छ गाँ’ठी कुरा

Previous articleसबै देशबाट आउनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य चेकजाँच
Next articleपोपले गराए कोरोनाको जाँच
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।