विराटनगर, २१ फागुन । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सूयर्माराज राईले कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित हुन सतर्कता अपनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार एक पोस्ट गर्दै कोरोना भाइरसका कारण अनुकूल वातावरण नबनेसम्म सार्वजनिक कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् ।

उनले विश्व महामारीका रूपमा फैलिरहेको प्राणघातक रोग कोरोना भाइरसका कारण अनुकूल वातावरण (ढुक्क हुने अवस्था) नबनेसम्म कुनै पनि सार्वजनिक सभा–समारोह, बिहे, भोज, धार्मिक अनुष्ठानलगायतका कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी गराएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘विश्व महामारीका रूपमा फैलिरहेको प्राणघातक रोग कोरोना भाइरस (कोभिड(१९)का कारण अनुकूल वातावरण (ढुक्क हुने अवस्था) नबनेसम्म कुनै पनि सार्वजनिक सभा–समारोह, बिहे, भोज, धार्मिक अनुष्ठानलगायतका कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी विनम्रतापूर्वक पेस गर्दछु ।’
‘विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार नेपाल पनि उच्च जोखिम क्षेत्रका रूपमा रहेको तथ्य उजागर भएकोप्रति ध्यानाकर्षण गराउँदै सम्पूर्ण नेपाली नागरिकसहित बन्धुवान्धव, कुलकुटुम्ब, इष्टमित्र, शुभचिन्तकर शुभेच्छुकहरुमा सजगतापूर्वक रहन हार्दिक अपिलसमेत गर्दछु,’ उनले लेखेका छन् ।

The post कोरोनाबाट सुरक्षित हुन सांसदको सतर्कता appeared first on Koshi Online.
नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले भारतीय नागरिकलाई साउदी पुर्याउने


